Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले एकता फेरि संकटमा, नेपाल समूह शुक्रबारको बैठकमा नजाने


    बिहिबार, असार १७ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बोलाएको बैठकमा नजाने निर्णय गरेकाे छ । 

    असन्तुष्ट माधवकुमार नेपाल समूहको माग पूरा गर्ने र अदालतको आदेश कार्यान्वयन गर्ने उद्देश्यले १०औँ महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेर शुक्रबार बैठक बोलाएको थियो ।

    तर, यथास्थितिमा शुक्रबारका लागि बोलाइएको केन्द्रीय कमिटीको बैठकमा नेपाल समूह सहभागी नहुने निर्णयमा पुगेको छ ।

    भोलि शुक्रबारको बैठककाबारे एमालेले माधवकुमार नेपालसहितका नेताहरुलाई इमेल पत्र, एसएमएसमार्फत जानकारी दिइएको थियो । 

    तर, बिहीबार बसेको नेपाल समूहको बैठकले यथास्थितिमा केन्द्रीय कमिटी बैठकमा सहभागी हुन बालुवाटार नजाने निर्णय गरेको हो । नेपाल समूहले प्याकेजमा सहमति हुनुपर्ने र आफूहरुको सल्लाहमा बैठक डाकिनुपर्ने बताएको छ । 

    यसले नेकपा एमालेकाे एकतामा देखिएकाे ग्रिन सिग्नल फेरी निभ्ने संकेत गरेकाे छ । नेकपा एकता फेरि संकटमा परेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार