Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री ओलीलाई गिनिज बुकमा नाम लेख्ने अवसर आउन सक्छ: दीनानाथ शर्मा


    बिहिबार, असार १७ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । माओवादीका सांसद दीनानाथ शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर गिनिज बुकमा नाम लेखाउने अवस्थामा पुगेको भन्दै टिप्पणी गरेक छन् ।  

    बिहीबारबाट सुरु भएको राष्ट्रिय सभाको बर्षे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै शर्माले प्रधानमन्त्री ओलीप्रति साे टिप्पणी गरेका हुन् । 

    ‘प्रधानमन्त्री ओलीलाई गिनिज बुकमा नाम लेखाउने अवसर प्राप्त हुन सक्छ । प्रधानमन्त्रीले एउटै प्रतिनिधि सभा दुुई पटक विघटन गर्नुभयो’, बैठकमा शर्माले भने, ‘फेरि तेस्रो पटक पनि विघटन गर्नुहोला, गिनिज बुकमा नाम लेख्ने अवसर प्राप्त होला । तर, प्रतिनिधि सभा विघटन गरेर नेपालको नाम लेखाउनु पर्ने आवश्यकता छैन ।’ 

    प्रतिनिधि सभा विघटन गरेर अध्यादेश ल्याएर मुलुकलाई महेन्द्र पथमा अघि बढाएको भन्दै उनले उल्टै अदालतलाई आरोप लगाउने प्रश्न गरे । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार