काठमाडाैं । बिहीबार थप २७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा १० हजार ९ सय ८५ जनामा कोरोना परीक्षण गरिएको थियो ।
७१३० जनामा पिसिआर परीक्षण गरिएकोमा १८५७ र ३८५५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०३ जनामा संक्रमण देखिएको हो ।
यस्तै कोरोनाबाट ४ हजार १७ जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै थप ३३ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९१४५ पुगेको छ ।
यसैगरी निको हुने दर ९३.७ प्रतिशत छ ।