Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इटाली पठाईदिन्छु भन्दै ठगी गर्ने ब्यक्ति पक्राउ


    बिहिबार, असार १७ २०७८
    980
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं ।  इटाली पठाईदिन्छु भन्दै ठगी गर्ने  उमेश रेग्मीलाई महानगरीय अपराध महाशाखाको विशेष टोलीले पक्राउ  गरेको छ । उदयपुर जिल्ला त्रियुगा नगरपालीका ७ स्थायी घर भई हाल काठमाडौँ बुढानिलकण्ठ बस्ने वर्ष ३६ को उमेश रेग्मीले  धेरै युवालाई युरोपियन मुलुकमा पठाइदिन्छु भन्दै ठगी गरेका छन् ।
     रेग्मीले  रामेछाप जिल्ला  उमाकुण्ड गाँउपालिका   ३ का  सौगात सुनुवार समेत ३ जनालाई वर्किङ भिषामा इटाली पठाई दिन्छु भनी  ३१ लाख ५० हजार  रकम लिई अजरबैजान सम्म पुराएर बिचल्ली बनाएर  फरार रहेका थिए ।  
    फरार  उमेश रेग्मीलाई महानगरीय अपराध महाशाखाको विशेष टोलीले  ललितपुरको टिकाथलीबाट हिजो बुधवार  पक्राउ गरेको छ ।  
      रेग्मीले विभिन्न व्यक्तिहरूलाई वर्किङ भिषामा युरोपियन मुलुकमा पठाइदिन्छु   एक करोड रुपैयाँ भन्दा बढी रकम ठगी गरेको समेत भन्ने बुझिन आएकोले निजलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार