Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संविधान र लोकतन्त्र रक्षाको जिम्मेवारी कांग्रेसकोः सुजाता कोइराला


    बिहिबार, असार १७ २०७८
    1000
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली कांग्रेसकी नेता सुजाता कोइरालाले संविधान र लोकतन्त्रको रक्षाको जिम्मेवारी कांग्रेसको भएको बताएकी छन् ।

    गिरिजा प्रसाद कोइरालाको ९८ औँ जन्मजयन्तीको अवसरमा गिरिजाप्रसाद कोइराला फाउण्डेशन कर्णाली प्रदेशले बुधबार आयोजना गरेको ‘लोकतन्त्रको सङ्घर्ष र गिरिजाबाबुको योगदान’ विषयक भर्चुअल अन्तर्क्रियामा उनले कांग्रेसको नेतृत्वमा निर्माण भएको संविधानको रक्षाको जिम्मेवारी पनि पार्टीको भएको बताएकी हुन् ।

    ‘गिरिजाबाबुलाई अन्तिम अवस्थामा पनि संविधानको चिन्ता थियो, सुशील कोइरालाको नेतृत्वमा निर्माण भएको संविधानको रक्षा गर्ने जिम्मेवारी कांग्रेसको हो,’ उनले भनिन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार