Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मौसम पूर्वानुमानः रातिदेखि नै देशका अधिकांश क्षेत्रमा वर्षा, सतर्कता अपनाउन अनुरोध


    बिहिबार, असार १७ २०७८
    725
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। जल तथा मौसम र्पुमार्नुमान महाशाखाले मनसुनी वायु सक्रिय रहेको जनाएको छ । काठमाडौं उपत्यकासहित देशका धेरैजसो ठाउँमा बुधबार राति १२ बजेदेखि निरन्तर वर्षा भइरहेको मौसमविद्ले जानकारी दिएका छन् । प्रदेश–१, प्रदेश–२, वागमती र गण्डकी प्रदेशका धेरै स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा भइरहेको छ । 

    आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने जनाइएको छ । प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    प्रदेश–१, प्रदेश–२, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षा तथा थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

    विभागका अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, प्रदेश–२, वागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षा तथा थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

     भारी बर्षाको कारण  पहिरो खसेर  नारायणगढ–मुग्लिन सडकखण्डमा आज बिहानदेखि सडक अवरुद्ध भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार