काठमाडौं । नेकपा(एमाले)को संस्थापन पक्षले आज बोलाएको केन्द्रीय कमिटी बैठकमा माधव नेपाल र झलनाथ खनाल पक्ष सहभागी नहुने भएको छ । प्रधानमन्त्री केपी ओलीले बुधबार अदालतले अवैधानिक ठहर गरेको दसौं महाधिवेशन आयोजक समितिको बैठक बोलाई आज केन्द्रीय कमिटी बैठक बस्ने निर्णय गराएका थिए । उक्त अवैध आयोजक कमिटीबाट ओलीले ८ स्थायी कमिटी सदस्य समेत मनोनीत गरेका छन् । अदालतले अवैधानिक ठहर गरेको कमिटीको बैठकबाट ८ स्थायी समिति एकतर्फी रुपमा मनोनीत गरेपछि नेपाल–खनाल पक्ष झस्किन पुगेको छ । र, आज बोलाइएको केन्द्रीय कमिटी बैठकमा भाग नलिने निष्कर्षमा पुगेको छ । नेपाल पक्षका नेता सुरेन्द्र पाण्डेले नै आजको केन्द्रीय कमिटी बैठकमा भाग नलिने बताएका छन् ।
सर्वोच्च अदालतले अवैधानिक भनेको कमिटीले बैधानिक कमिटीको बैठक बोलाउन मिल्दैन, यो सरासर उल्टो र एकता विरोधी बाटो भएको ठहर नेपाल–खनाल पक्षको ठहर छ । सर्वोच्च अदालतले नेकपा एमालेको जेठ २ गते अघिको पार्टी संरचनालाई बैधानिकता दिइसकेपछि त्यसलाई ठाडो उल्लंघन र त्यो निर्णयलाई चुनौती दिदै बुधबार नेकपा एमाले स्थायी कमिटीको बैठक बसेको भन्ने नेपाल–खनाल पक्षको निष्कर्ष छ । नेपाल–खनाल पक्षका नेता रघु पन्तले आफूहरु एकताको बिरुद्ध नभएको तर जुन ढंगले एकपक्षीय निर्णय गरेर पेलेर जान खोजिएको छ, त्यो स्वीकार्य नभएको बताएका छन् । पन्तले भनेका छन्– प्याकेजमै सहमति हुनुपर्ने, सहमति नभई डाकेको बैठकमा हामी खुरुक्क जाने स्थिति बन्दैन ।
अदालतको आदेशले एमाले एकताको द्वारा खोलिसकेको अवस्थामा ओली आफैं भ्याकेटमा गएर एकताबिरोधी सावित गरिसकेको अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली बताउँछन् । पराजुलीले भने–बुधबारको अवैधानिक कमिटीबाट एकतर्फी निर्णय गराई आफैं न्यायालयको निर्णयलाई अस्वीकार गरेका छन् । अब यो कुराले केपी शर्मा ओलीले जनताको बहुदलीय जनवादको सिद्धान्तलाई समेत अवमूल्यन गरेको कुरा आम नेता कार्यकर्ता जनतामा घाम जतिकै छर्लङ्ग भयो ।
ओलीले पार्टीलाई २ जेठ, २०७५ कै अवस्थामा पुर्याउने असल नियत राखेको भए बुधबार अवैधानिक कमिटीबाट एकतर्फी निर्णय गराउँदैनथे, तसर्थ उनी जेठ २ मा जाने पक्षमा छैननु भन्ने निष्कर्ष नेपाल–खनाल पक्षका एकताका पक्षपाती नेताहरुले समेत बुझेका छन् । पराजुलीले भने–नेकपा एमालेमा अवैधानिक कमिटीको बैठक बसी बैधानिक कमिटीको बैठक बोलाउने भन्ने यो जस्तो उल्टो र पार्टी एकता विरोधी कुरा अरु केही हुन्छ र ? वैधानिक कमिटीको बैठक राख्न बैधानिक पार्टी संरचनामा छलफल हुनुपर्छ । बैधानिक पार्टी संरचना जेठ २ को केन्द्रीय कमिटी हो ।
ओलीले बुधबार अवैधानिक कमिटीको बैठक बसाली निर्णय गरेर सर्वोच्च अदालतको फैसलालाई चुनौती दिएका छन् । उनले न्यायलयको अपहेलना गरेका छन् । पार्टी एकताबद्ध गर्ने भनेको आफ्नै सहयोद्धालाई सदैव राजनीतिक जीवनबाट विदा गर्ने भनेको हो र ?
नेकपा एमालेको जेठ २ अघिको संरचनामा कहाँ रामबहादुर थापा बादल लगायत नेकपा एमालेको स्थायी कमिटीमा थिएनन् । तर कमिटीमा नै नभएको मान्छेलाई सहभागी गराई जेठ २ गतेअघि पार्टी संरचनाको बैठक राख्न मिल्छ ? यो ओलीको एकतालाई छलछाम र षड्यन्त्र हो ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend