काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेताहरुबाट जति नै अग्रगमनका नारा घन्किए पनि जनताहरु सुखी हुन नसकेको बताएका छन् ।
यही असार २३ गते परेको आफ्नो जन्मदिन उत्सवको रुपमा नमनाउने निर्णय गरेको जानकारी गराउन जारी गरेको सन्देशमा पूर्वराजा ज्ञानेन्द्रले साे बताएका हुन् ।
मुलुक सञ्चालनको प्रवन्ध र व्यवस्थापन संक्रमण, संकट र अन्यौलको अवस्था देखापरेको भन्दै उनले परिवर्तन र अग्रगमनका चर्का नारा घन्काएर जतिनै रुपान्तरण गरे पनि जनताले ठोस सुख सुविधा नपाएको कटाक्ष गरेका हुन् ।
‘राजनीति, राज्य प्रणाली एंव राजकानको प्रवन्ध र व्यवस्थापन संक्रमण, संकट र अन्यौलको अवस्थामा देखापरेको छ । परिवर्तन र अग्रगमनका चर्का नारा घन्काएर जति नै रुपान्तरण गरे पनि जनताले ठोस सुविधा नपाइरहेको बुुझिएको छ’, पूर्वराजा ज्ञानेन्द्र शाहले जारी गरेको सन्देशमा उल्लेख गरिएको छ, ‘आफ्ना मूल्य, मान्यता तथा अस्तित्वलाई समाप्त पार्ने तर सही सिर्जना र सार दिन नसक्ने, आज नेपाली जनताको मन अशान्त रहेको छ । कोरोनाको खो पाउन नसकेका कतिपय नेपाली निराश छन् । यही गरी देशमा वर्षादको यो समय प्राकृतिक विपद्को वेदना पनि उत्तिकै छ, जनजीवन दुःखद् छ।’

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend