Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ज्वाला संग्रौला केसमा नयाँ रुप, थप तीन कसुरमा अनुसन्धान हुँदै


    बुधबार, असार १६ २०७८
    840
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कुटपिट गरेको आरोपमा पक्राउ परेकी आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलामाथि तीन कसुरमा अनुसन्धान थालिएको छ । 

    प्रहरी हिरासतमा रहेका बेला खुश्बु घिमिरेमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेकी ज्वालामाथि अनुसन्धान गर्दा वैवाहिक कागजातसमेत कीर्ते फेला परेको प्रहरीले जनाएको छ ।

    हाल अदालतबाट म्याद थप्दै प्रहरीको न्यायिक हिरासतमा राखिएको ज्वाला र उनका पति भनिएका हिमाल उपाध्यायबीचको वैवाहिक सम्बन्धका कागजात कीर्ते फेला परेपछि उनी फन्दामा परेकी हुन् । सरकारी कागजात नै कीर्ते फेला परेपछि ज्वालाको केसले नयाँ रुप लिएको छ । 

    संग्रौलाको जन्मदर्ता र उनका पति उपाध्यायबाट नाता प्रमाणित र सम्बन्ध विच्छेदको कागजातलाई प्रमाणीकरण गर्न सम्बन्धित गाउँपालिकालाई पत्र लेख्दा कीर्ते भेटिएको हो । 

    कुटपिट र अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेकी उनीमाथि थप जातीय भेदभाव र सरकारी लिखत कीर्ते सम्बन्धी कसुरमाथि अनुसन्धान भइरहेको हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार