Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपतिको विशेषाधिकारमा मुद्दा नलाग्ने वरिष्ठ अधिवक्ता पन्तको दावी


    बुधबार, असार १६ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । वरिष्ठ अधिवक्ता सुशील पन्तले राष्ट्रपतिलाई मुद्दा नलाग्ने जिकिर गर्दै विद्यादेवी भण्डारीलाई ‘तिमी को हौ ?’ भन्न नमिल्ने जिकिर गरेका छन् ।

    बुधबार संवैधानिक इजलासमा संसद विघटनका पक्षमा बहस गर्दै पन्तले प्रधानमन्त्री नियुक्त गर्ने विषय राष्ट्रपतिको विषेशाधिकार भएकाले र यसमा मुद्दा नलाग्ने जिकिर गरेका हुन् । 

    ‘राष्ट्रपति कार्यालयलाई मात्र विपक्षी बनाइएकाे छ, राष्ट्रपतिलाई त बनाइएकाे छैन नि, अनि यहाँ आएर हु आर यु भन्ने?’ पन्तले भने

    जेठ ९ मा निवेदकको तर्फबाट बहस गदै वरिष्ठ अधिवक्ता शम्भु थापाले बहुमत सदस्यको हस्ताक्षर सहित शेर बहादुर देउवाले प्रधानमन्त्रीमा गरेको दावीमा अस्विकार गरेकोमा इजलासबाट राष्ट्रपतिलाई प्रश्न गरेका थिए–‘हु आर यु ?’

    ‘धारा ७६ (५) निर्दलीय हुन्छ भनेर मात्रै हुने कुरा होर, त्यहाँ लेख्नुपर्दैन’ पन्तले प्रश्न गरे –‘धारा ७६(५) मा निर्दलीय हुन्छ भनेर लेखेको छ र ?’

    बहुदलीय शासन प्रणालीमा दलले पत्र लेखेर पठाएपछि सांसदहरुलाई ‘तिमीहरु स्वतन्त्र हौँ, ह्वीप लाग्दैन’ भन्न नमिल्ने पन्तले जिकिर गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार