काठमाडाैं । पूर्व सांसद मञ्च नेपालले ६३ औं संसद् दिवसका अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ र दिदीबहिनीमा शुभकामना व्यक्त गरेको छ ।
मञ्चले स्थापनाकालदेखि नै सङ्घीय संसद् सचिवालयको सहयोगमा संसद् दिवसका कार्यक्रम गर्दैआएकामा यस वर्ष कोरोना महामारीका कारण ‘बाँचौँ र बचाउँ’ भन्दै प्रेस विज्ञप्तिमार्फत शुभकामना दिने निर्णय गरिएको महासचिव शङ्करनाथ शर्मा अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपालमा २००७ फागुन ७ गतेबाट १०४ वर्षे जहानियाँ राणा शासनको अन्त्य भएको आठ वर्षपछि विसं २०१५ फागुनमा पहिलो संसदीय निर्वाचन भए पनि साढे तीन महिनापछि २०१६ असार १६ गते मध्यरातमा मात्र पहिलो बैठक बसेको थियो ।
पहिलो संसद्को यही ऐतिहासिक दिनको स्मरण गर्दै संसद् दिवस मनाइने गरिएको छ । मञ्चले भ्रष्टाचार, कालोबजारी, महँगी नियन्त्रण गर्न तथा कोरोनाबाट जनता र मुलुकलाई जोगाउन अबिलम्व अझै ठोस कदम चाल्न सरकारसँग माग गरेको छ ।
सङ्कटलाई परास्त गर्न उच्च मनोबलका साथ निरन्तर खटिरहनुहुने स्वास्थ्य, सुरक्षा र सञ्चारकर्मीको उच्च मूल्याङ्कन गदैं उहाँहरूप्रति कृतज्ञता प्रकट गरिएको छ ।
देशमा देखिएको राजनीतिक सङ्कटको निरुपणका लागि सर्वोच्च अदालतबाट यथाशीघ्र शान्तिपुर्ण निकास हुने र राजनीतिले स्थायित्व लिने अपेक्षा मञ्चले गरेको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend