Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमालेको महाधिवेशन आयोजक कमिटी खारेज, माधव पक्षका ११ जनाकाे कारवाही निष्क्रिय


    बुधबार, असार १६ २०७८
    870
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी भंग भएको छ । 

    प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठकले एमालेलाई जेठ २ को संरचनामा फर्काएको औपचारिक घोषणा गरेसँगै महाधिवेशन आयोजक कमिटी भंग भएको हो।

    बालुवाटारमा बसेको बैठकले १० औं महाधिवेशन आयोजक समितिलाई  केन्द्रीय कमिटीमा रुपान्तरण गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । 

    त्यस्तै माधव नेपाल पक्षका ११ जना नेताको कारवाही पनि निष्क्रिय भएको ज्ञवालीको भनाइ छ । अब आगामी असार १८ गते पार्टीको केन्द्रीय कमिटी बैठक बस्ने पनि ज्ञवालीले जानकारी दिए । 

    त्यस्तै, नेकपा माओवादीबाट एमालेमा आएका रामबहादुर थापासहितका नेतालाई स्थायी कमिटीका अटाउने निर्णय गरिएको उनको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार