काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उपसभापति विमलेन्द्र निधिलाई उम्मेदवारी खडा गरेर दगुर्नुभन्दा पनि पहिले महाधिवेशनको पृष्ठभूमि तयार गर्न तिर लाग्न आग्रह गरेका छन् ।
बुधबार विहान बोहोराटारमा भएकाे भेटवार्तामा पौडेलले पहिले महाधिवेशन गराउन आफ्नो तर्फको जिम्मेवारी पनि पूरा गर्नुस् । अनि सभापतिमा कसले कसलाई सहयोग गर्ने कुरा त्यसपछि गरौंला भन्दै निधिलाई सुझाव दिएका थिए ।
सभापतिको उम्मेदवारीभन्दा समायोजनको विवाद टुंग्याउने र क्रियाशील सदस्यताको मापदण्ड तत्काल पारित गर्ने कुरामा जोड दिनुपर्नेमा निधिसँग पौडेलको जोड थियो ।
निधिले समायोजनको विवाद सकिएको र क्रियाशील सदस्यता विवाद मिलाउन पनि लागि परेको पौडेललाई बताएका थिए ।
लामो समय देउवासँग सहकार्य गरेका निधिले यतिबेला देउवा इतरसँग बढाएको सम्बन्धलाई पौडेलले निको मानेका छैन ।
पौडेलले शशांक र प्रकाशमानसँग विमलेन्द्रले गरेको लन्च मिटिङलाई अभिनयको संज्ञा दिएका थिए ।
असार ७ गते यता निधिले महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच निरन्तर छलफल गरिरहेका छन् ।
निधि नेतृत्वको समायोजनका कामहरू र क्रियाशील सदस्यतामा देखिएका विवादबारे हल गर्न सहयोगी भूमिका खेल्न निधिलाई पौडेलको आग्रह थियो ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend