काठमाडाैं । पाठ्यक्रम विकास केन्द्रले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा समावेश नगरेकाे भन्दै प्रकाशकलाई स्पष्टीकरण सोधेकाे छ ।
असार १ को निर्देशनअनुसार नयाँ नक्सा भएको पुस्तक मात्रै विक्रीवितरण गर्न भनिएकाे भएपनि विद्यालय तहका पाठ्यपुस्तकमा पुरानै नक्सा नक्सा समावेश गरिएकाे पाएपछि स्पष्टीकरण सोधिएकाे हाे ।
उक्त निर्देशनको अवज्ञ गरेर पुरानै नक्सा समावेश गरिएका पुस्तक बजारमा ल्याइएको अनुगमनबाट भेटिएकोले केन्द्रले फेरि प्रकाशक तथा विक्री वितरकहरूलाई सचेत गराएको छ ।
‘त्यस्ता पुस्तक, प्रकाशकहरूको नाम सार्वजनिक गरी कारवाहीको प्रक्रिया अगाडि बढाइने व्यहोरा सम्बन्धित सबैको लागि सूचित गरिन्छ,’ केन्द्रले भनेको छ ।
अनुगमनका क्रममा कक्षा २, ३ र ६ मा पुरानै पाठ्यक्रम अनुसारका पाठ्यपुस्तक विक्री वितरण भएको पाइएको पनि उल्लेख छ ।
