Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रोकिएका परीक्षा साउनदेखि सञ्चालन गर्ने लोकसेवाको निर्णय


    बुधबार, असार १६ २०७८
    925
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । लोकसेवा आयोगले रोकिएका परीक्षाहरु सञ्चालन गर्न मिति सार्वजनिक गरेको छ ।

    आयोगले कोभिड–१९ महामारी र पदाधिकारी नहुँदा रोकिएका सम्पूर्ण परीक्षा साउन १५ गतेदेखि सञ्चालन गर्ने जनाएको हो  । आयोगमा पदाधिकारीहरू नियुक्त भएपछि स्थगित भएका सम्पूर्ण परीक्षा सञ्चालन हुने भएको हो ।

    पूर्व सूचनाअनुसार स्थगित भएका परीक्षालाई सोमबार बसेको आयोगको बैठकले स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाएर साउन १५ देखि असोज २५ गतेसम्म गर्ने निर्णय गरेको हो । कोरोनाका कारण खरिदारदेखि सहसचिवसम्मको परीक्षा सञ्चालनमा अवरोध पुगेको थियो ।

    परीक्षा सञ्चालनको सूचना प्रकाशित गरेर पनि कतिपय परीक्षा स्थगित भएका थिए । पदाधिकारी नियुक्ति भएपछि सहज हुने भएको हो ।

    आयोगले ११ वटा विज्ञापनमा विविध कारणले रोकिएका परीक्षा, अन्तर्वार्ता, नतिजा प्रकाशनलगयतको कार्यतालिका सार्वजनिक गरिसकेको छ । रोकिएका परीक्षा नियमित रूपमा सञ्चालन गर्नआयोगलाई तीनदेखि चार महिनासम्म लाग्ने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार