Nepal Face
  • आइतबार, १० साउन २०८३
  • युरोकप फुटबल : इङ्ल्यान्ड क्वाटरफाइनलमा प्रवेश


    बुधबार, असार १६ २०७८
    905
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । जर्मनीलाई दुई शुन्य गोलअन्त्रले पराजित गर्दै इङ्ल्यान्ड युरो कप फुटबलको क्वाटरफाइनलन प्रवेश गरेको छ।

    मंगलबार राति घरेलु मैदान वेम्बलीमा भएको खेलमा इङ्ल्यान्डका लागि रहिम स्टर्लिङ र हेरी केनले एक एक गोल गरे। स्टर्लिङले खेलको ७५औँ तथा कप्तान केनले ८० औँ मिनेटमा गोल गरेका थिए।

    इङ्ल्यान्डले कुनैपनि प्रतियोगिताको नकआउट चरणमा जर्मनीलाई ५५ वर्षपछि हराएको हो।

    तीन पटकको विजेता जर्मनी अघिल्ला लगातार तीन संस्करणमा कम्तिमा सेमिफाइनलसम्म पुगेको थियो। जर्मनी ग्रुप अप डेथबाट अगाडि बढेको थियो। त्यो समूहबाट आएका फ्रान्स र पोर्चुगल पनि बाहिरिसकेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार