Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रेस काउन्सिल नेपालद्वाराअफवाह फैलाएर समाचार लेख्ने ६ वटा अनलाइन बन्द गर्ने निर्णय


    बुधबार, असार १६ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । प्रेस काउन्सिल नेपालले अफवाह फैलाएर समाचार लेख्ने छ अनलाइन बन्द गराउने भएको छ । 

    रुपा सुनार र सरस्वती प्रधानको कोठा भाडा लिनेसम्बन्धी विवादका  विषयमा अफवाह फैलाएर समाचार लेख्ने खबरमाला डटकम, कालापानी पोस्ट, मिडिया २० पोस्ट, आजको नयाँ डटकम, ग्यालेक्सी सेभेन एक्सप्रेस डटकम र साझा मिडिया डटकम अनलाइन बन्द गराउन नेपाल दुरसञ्चार प्राधिकरणलाई प्रेस काउन्सिलले मंगलबार पत्र पठाएको हो ।

    यी अनलाइनले सुनारलाई युरोपियन युनियन (इयु) बाट रु डेढ करोड  खाएको जस्ता लाञ्छना लगाएका थिए ।
     
    यही असार १ गते कोठा भाडामा लिन जाँदा काठमाडौँको बबरमहलस्थित घरधनी प्रधानले सुनारलाई जात थाहा पाएपछि कोठा दिन अस्विकार गरेको दावीसहितत रुपाले जाहेरी दिएकी थिइन् । तीन दिन हिरासतमा रहेकी प्रधान हाल रिहा भइसकेकी छिन्। 

    रुपाले आफूलाई जातीय द्वन्द्व फैलाउन युरोपियन युनियनबाट उचालिएका जस्ता भ्रामक समाचार लेखेर जातीय भेदभाव र छुवाछूतलाई दुरुत्साहन गर्ने कार्य गरेको भन्दै ती अनलाइनविरुद्ध काउन्सिलमा उजुरी दिएकी थिइन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार