भक्तपुर । नेकपा (एमाले) का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सरकारविरुद्ध अहिले चालिएका सबै चक्रब्यूह तोडेर अगाडि बढ्ने बताउनुभएको छ ।
राष्ट्रिय धान दिवसका अवसरमा आज राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको आयोजना तथा युवा संघ नेपाल भक्तपुरको समन्वयमा सूर्यविनायक नगरपालिका–९ नंखेलमा आयोजना गरिएको रोपाईँ विशेष कार्यक्रममा बोल्दै उहाँले अहिले सरकारलाई चौतर्फी घेराबन्दीमा पार्ने काम भएको जनाउनुभयो ।
पूर्वमन्त्री ज्ञवालीले यो खेल प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर अर्कोलाई प्रधानमन्त्री बनाउने मात्रैमा सिमित नभएको दाबी गर्दै भन्नुभयो, “सरकारलाई चौतर्फी घेराबन्दीमा पारिएको छ, यो प्रधानमन्त्रीको लडाईँ मात्रै हो भन्ने बुझ्नु हुदैन, मुलुकमा अहिलेसम्म भएका उपलब्धीलाई सिध्याउने षड्यन्त्र पनि हो ।” जब एमाले विकासको लहर लिएर आउँछ तब एमालेलाई घेराबन्दीमा पारेर सिध्याउने षड्यन्त्र हुने गर्छ भन्दै उहाँले एमालेलाई सिध्याउने २०५० सालदेखिको षड्यन्त्र असफल हँुदै आएको बताउनुभयो ।
“एमाले जुर्मुराएको बेला २०५० सालमा जननेता मदन भण्डारीको हत्या भयो, अब एमाले सिध्दियो भन्ठानेका थिए, तर एमाले धूलो टक्टक्याएर उठ्यो, २०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा अनेकौ दाउपेच भयो, अब एमाले ढल्यो भन्नेहरुका अगाडि एमाले फेरी ब्युझिँएर अगाडि बढ्यो,” नेता ज्ञवालीले भन्नुभयो,“यही क्रममा २०५४ सालमा एमाले फुट्यो, राजा र माओवादीका अतिवादलाई पनि हाम्रो पार्टीले असफल तुल्याएको हो ।”
कुनै समयमा हिंसाका कारण मानिसहरू बोल्न नसक्ने अवस्था थिए भन्दै उहाँले भन्नुभयो, “आफ्नै घरबाट मान्छेको अपहरण र हत्या गरिँदासमेत सुरक्षा निकायमा गएर उजुरी गर्ने आँट थिएन, चन्दाको मागे डरले आफैँ पोको पारेर चन्दा बुझाउन जान्थे, चन्दा मागेन भने ब्ल्याक लिस्टमा पो परेकी भनेर डराउँथे, त्यस्तो डरलाग्दो हिंसाको अवस्थालाई शान्तिपूर्ण माध्यमबाट हिंसाको अन्त्य गरियो, गुमेको नेपाली भुभागलाई नक्सामा समेट्ने काम गरियो, भूमि फिर्ता ल्याउन पहल गरिरहेको छ, देशको परराष्ट्रनीतिलाई सुधार गर्दै गरी समृद्ध नेपालको यात्रा थालनी भएको छ ।”
उहाँले संविधान बनाउँदा भएको विदेशी हस्तक्षेप तथा नाकाबन्दीको सामना गर्दै, जातजाती, धर्म, लिङ्ग, मधेश पहाडदेखि भूगोलको विषय उठाएर हिंसा भड्काउने खेल विगतदेखि नै भएको भन्दै उहाँले अब युवा अगाडि बढ्नुपर्ने बताउनुभयो । सरकारले विभिन्न ठुला सिंचाई आयोजना सञ्चालन गरेको, कृषिलाई आधुनिकीकरण र प्रविधियुक्त बनाउँदै लगेको, मलको हाहाकार हुन नदिन आफ्नै देशमा रासायनिक मल उत्पादन गर्न लागेको भन्दै उहाँले देशलाई कृषिमा आत्मानिर्भर बनाएर खाद्यान्न निर्यात गर्न सक्ने अवस्थामा पुर्याउन लागिरहेको बताउनुभयो ।
कार्यक्रममा पूर्वमन्त्री महेश बस्नेतले सरकारले देशको व्यापार घाटा घटाउँदै कृषिमा आधुनिकीकरण गर्दै लगेको र विद्यार्थी, महिला, दलित, जनजातीलाई रोजगारी र उद्यमशीलता दिँदै क्रमशः आत्मनिर्भर बनाएको बताउनुभयो । प्रधानमन्त्री ओली राष्ट्रनायक भएको उल्लेख गर्दै उहाँले सरकारको विकासको योजना सफल पार्न युवा संघ जोश जाँगर र उर्जाका साथ अगाडि बढेको जनउनुभयो । कार्यक्रममा युवा संघका केन्द्रीय अध्यक्ष किरण पौडेलले कृषिको विकास र उत्पादन वृद्धिमा युवा लागेको जनाउनुभयो ।
कलकारको धान रोपाईँ- कार्यक्रममा नेपाली सिने क्षेत्रदेखि लोकगीत संगीतमा लाग्नेको बाक्लै उपस्थिति थियो तर नाम चलेका अधिकांश कलाकारले धान रोपेको अभिनय गर्दै फोटो खिचाएका थिए । धान दिवसको अवसरमा रोपाईँ कार्यक्रममा सहभागी हुने कलाकारहरु दीपाश्री निरौला, स्वस्तिमा खड्का, सुरविन बान्तवा खेतमा पुग्नुभएको थियो । इन्द्रणी साँस्कृतिक समूहले भने धान रोपाईँमा रमाइलो गराएको थियो । इन्द्रेणी साँस्कृतिक विकास केन्द्रका अध्यक्ष कृष्ण कँडेलसहित छत्र शाही, कल्पना दाहाललगायतका लोक दोहोरीका कलाकारले गीत गाउँदै रमाउँदै धान रोपाईँमा सहभागिता जनाउनुभएको थिये ।
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend