काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा सशाङ्क कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहबीच आज पार्टीको १४ औँ महाधिवेशन केन्द्रित विषयमा छलफल भएको छ ।
नेता सिंहको निवास चाक्सिबारी ठमेलमा भएको भेटवार्तामा उहाँहरुबीचको छलफलको दायरालाई फराकिलो बनाउँदै जाने सहमति भएको नेता सिंहले जानकारी दिनुभयो । यस अघि तीनै नेताबीच उपसभापति निधि र महामन्त्री कोइराला निवासमा पनि छुट्टाछुट्टै भेटवार्ता र महाधिवेशन केन्द्रित विषयमा छलफल भएको थियो ।
आगामी शुक्रबार महामन्त्री सशाङ्क कोईराला निवास टोखामा पार्टीको १३ औँ महाधिवेशनमा सभापतिका प्रत्यासी बाहेक केन्द्रीय कार्यसमितिका सबै सदस्यहरुसँग छलफल गर्ने र त्यसपछि दोस्रो चरणमा सभापतिका प्रयासी नेताहरुसँग पनि छलफल गर्ने नेता सिंहले बताउनुभयो ।
साथै महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गराउन दबाब दिने, क्रियाशील सदस्यता वितरणलाई पारदर्शी र व्यस्थित बनाउन तथा पार्टीको समायोजन प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेलगायत विषयमा सहमति भएको उहाँले बताउनुभयो । नेताहरु कोइराला, सिंह र निधि कांग्रेसका संस्थापक नेतात्रय क्रमशः विपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका सुपुत्र हुनुहुन्छ ।
महाधिवेशन मिति नजिकिदै गर्दा नेतृत्वमा कसरत सुरु
महाधिवेशनको मिति नजिकिदै गर्दा पार्टीका विभिन्न समूहबीच भावी नेतृत्वका लागि कसरत शुरु भएको छ । सोही क्रममा यही असार ११ गते कांग्रेस वरिष्ठ नेता रामचन्द्र पोडेलले आफ्नो समूहका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुसँग छलफल गरी आफूलाई सभापतिमा सहयोग गर्न आग्रह गर्नुभएको थियो ।
सोमबार पनि नेतृ सुजाता कोइराला निवास मण्डिखाटारमा वरिष्ठ नेता पौडेल, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र नेतृ कोइरालाबीच महाधिवेशनलगायत विषयमा छलफल भएको थियो । वरिष्ठ नेता पौडेल र नेता सिटौला १३ औँ महाधिवेशनमा पार्टी सभापतिका उम्मेदवार हुनुहुन्थ्यो ।
यही असार ४ गते सम्पन्न कांग्रेस केन्द्रीय समिति बैठकले पार्टीको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने संशोधित कार्यतालिका पारित गरेको थियो । सो निर्णयपछि सभापति शेरबहादुर देउवाले सभापतिमा पुनः उम्मेदवारी दिने तयारीका साथ आफू निकट पदाधिकारी र केन्द्रीय सदस्यहरुसँग चरणबद्ध रुपमा छलफल शुरु गरिसक्नु भएको छ ।
संशोधित कार्यतालिकाअनुसार गाउँ÷नगर वडा अधिवेशन आगामी साउन १२ गते, गाउँ÷नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन साउन २० गते हुनेछ । यसैगरी प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ ।
त्यस्तै क्रियाशील सदस्यताको नयाँ र नवीकरणको अन्तिम सूची तयार गरी केन्द्रीय सभापतिलाई बुझाउने अवधि असार २० गतेभित्र र क्रियाशील सदस्यताको सूचीमा केन्द्रीय सभापतिबाट हस्ताक्षर भई केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि असार ३० गतेभित्र तोकिएको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend