Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संविधानको आत्मामाथि प्रहार भएको बेला चुप बस्न सकिदैन : सभामुख सापकोटा


    मंगलबार, असार १५ २०७८
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अधिकार राष्ट्रपति कार्यालयबाट अपहरण भएको बताएका छन् ।

    आज संघीय संसद भवन नयाँ बानेश्वरमा आयोजित अन्तर्क्रिया कार्यक्रममा सभामुख सापकोटाले अदालतका निर्णयको समेत उल्लंघन भइरहेको बताउदै संविधानको आत्मामाथि प्रहार भएको बेला आफू चुप बस्न नसक्ने बताएका छन् ।

    ‘अहिले संसदको अधिकार अपहरण भएको छ, राष्ट्रपति कार्यालयबाट अतिक्रमण भएको छ,’ उनले भने, ‘अदालतले गरेका निर्णयको उल्लंघन भएको छ ।’ उनले संसदको पटकपटक अवमूल्यन भएको बताए । संसदलाई जीवन्त राख्न आफूले प्रयत्न गरिरहेको उनको भनाइ थियो । 

    उनले संविधानतः आफ्नो भूमिका तटस्थ रहनुपर्ने तर त्यो तटस्थता संविधानको रक्षार्थ तथा जनताको हितका सन्दर्भमा केन्द्रित रहने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार