Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बाेलीमा लगाम लगाउन नसक्नेले के देश चलाउँछ ?- शेरबहादुर देउवा


    मंगलबार, असार १५ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छुद्र भाषा बोल्नेले देश चलाउन नसक्ने बताएका छन् । 

    सोमबार ५ दलीय गठबन्धनले गरेको नागरिक समाजसँगको छलफलमा देउवाले बाेलीमा लगाम लगाउन नसक्नेले देश चलाउन नसक्ने बताएका हुन् ।

    उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गर्दै भने – रेस्पेक्ट गर्नसक्ने व्यक्तिले देश बनाउँछ । छुद्र भाषामा बोलेर केही हुँदैन । छुद्र भाषा बोल्ने मान्छेले के देश चलाउँछ ?

    यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारी आफैले ठुलो गल्ति गरेको बताएका छन् । राष्ट्रपतिले संविधान कार्यान्वयनमा गलत बाटो लिएको भन्दै देउवाले उनले पदीय गरिमालाई नै समाप्त पारेको समेत बताएका छन् । 

    अदालत स्वतन्त्र रहेको भन्दै देउवाले आफुहरुले अदालतप्रति भरोसा गरेको बताए । अदालत कुनै पनि तागतको दबाबमा नलाग्ने भन्दै देउवाले अदालत नेपालको राष्ट्रको अदालत भएको बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार