Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीलाई बहुलाहा कुकुरले टोकेकाले रेबिजको भ्याक्सिन दिनुपर्छः मेटमणि चौधरी


    सोमबार, असार १४ २०७८
    2.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्रीको पदीय मर्यादाकै ख्याल नगरी केपी ओलीले सोमबार दिएको अभिब्यक्ति विवादमा परेको छ । मदन भण्डारीको ७० औं जन्मजयन्तीको अवसरमा प्रधानमन्त्रीको सरकारी निवासमा आयोजित कार्यक्रममा ओलीले पार्टीका बरिष्ठ नेता माधव नेपाललाई मानमर्दन हुने अभिब्यक्ति दिएका थिए । ओलीले भनेका थिए– माधव नेपाललाई प्रधानमन्त्री दिन आफूलाई बहुलाहा कुकुरले टोकेको छ र ? शनिबार माधव नेपालले राजनीतिक बिटमा समाचार लेख्ने पत्रकारहरुसँगको भेटमा भनेका थिए–आफूलाई प्रधानमन्त्रीको अफर आएको तर विपक्षी गठबन्धनलाई धोका नदिने अभिब्यक्ति दिएका थिए । नेपालको त्यो अभिब्यक्तिबाट ओली आक्रोसित भएको आजको उनको असन्तुलित अभिब्यक्तिबाट पुष्टी भएको छ ।

    ओली प्रधानमन्त्री हुन्, उनले पदको गरिमा कायम राखेर अभिब्यक्ति दिनुपर्नेमा असन्तुलित भएर दिएको टिप्पणी सामाजिक संजाल र मिडियामा भइरहेको छ । यसैक्रममा एमालेका नेता तथा बिघटित प्रतिनिधिसभाका सांसद मेटमणि चौधरीले जस्तालाई तस्तै भन्दै ओलीलाई बहुलाहा कुकुरले टोकेकाले रेबिजको भ्याक्सिन दिनुपर्ने टिप्पणी सामाजिक संजालमा लेखेका छन् ।

    चौधरीले ओली भारतको इशारामा नेपालमा अस्थिरता मच्चाउन जे जे गर भन्छ त्यही त्यही गरिरहेको आरोप पनि लगाएका छन् ।

      चौधरीले लेखेका छन्–‘ओली नामको ब्यक्तिलाई साँच्चिकै बहुला कुकुरले टोकेकोले रेबिजको भ्याक्सिन दिनु पर्दछ जस्तो लाग्यो । जहाँसम्म पुच्छरको कुरो छ, मध्यरातमा जनता र देश निदाएको घडीमा सामन्त गोयलसँग बालुवाटारमा भएको भेटकै दिनदेखि नै सबै नेपाली जनताले  पुच्छर पलाएको प्रत्यक्ष देखेका हौं । र, पुच्छरको बिशेषता के हो भने टाउको जता जान्छ, पुच्छर नि उतै जाने हो । भारतले नेपालमा अस्थिरता चाहन्छ । त्यसैले ओलीले पनि नेपालमा अस्थिरताका लागि जे जे गर्नुपर्ने हो त्यही गरिरहेका छन् । सबैलाई घाम जत्तिकै स्पष्ट छ ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार