Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्रीले माफी माग्नुपर्ने माग गर्दै प्रदेश १ को प्रदेशसभा बैठक स्थगित


    सोमबार, असार १४ २०७८
    960
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • मोरङ । प्रदेश सभामा माओवादी सांसदविरुद्ध अमर्यादित टिप्पणीको विरोधमा प्रदेश १ को संसद बैठक अवरुद्ध भएको छ ।

    आइतबार भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले माओवादी सांसद मोहनकुमार र खड्काको नाम किटान गरी टिप्पणी गरेपछि नेकपा माओवादी केन्द्रका सांसदले सोमबारको बैठक अवरुद्ध गरेका हुन् ।

    यसक्रममा माओवादी सांसदहरुले मन्त्री गुरुङले अविलम्ब रोष्ट्रमबाट क्षमा माग्नुपर्नेमा माग गर्दै सोमबारको सदन सुरु भएलगत्तै अवरुद्ध गरेका हुन् ।

    माओवादी संसदीय दलका उपनेता रामकुमार राईले मन्त्री गुरुङले क्षमायाचनासँगै संसदबाट मन्त्रीको अभिव्यक्तिको रेकर्ड नहाउञ्जेल सदन चल्न नदिने बताए ।

    उनले भने, ‘मन्त्री गुरुङले सदनमा हाम्रा सांसदविरुद्ध गर्नु टिकाटिप्पणी आपत्तिजनक छ । उहाँले माफ नमागुञ्जेल सदन अवरुद्ध जारी रहनेछ ।’

    भौतिक पूर्वाधार विकास मन्त्री गुरुङले आइतबार सम्पन्न बैठकमा सभामुखले भनाइ टुंग्याउन चार पटक रुलिङ गर्दा पनि लगातार सांसद खड्कामाथि गालीगलौजमा उत्रिएका थिए ।

    विनियोजन विधेयकमाथि मन्त्रालयबारे सदनमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री गुरुङले माओवादी सांसद मोहनकुमार खड्काको नाम लिएर अमर्यादित टिप्पणी गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार