Nepal Face
  • आइतबार, १० साउन २०८३
  • छेपारोले त रंग फेरि हाल्छ नि, किन अचम्म मान्नु ?– ओली


    सोमबार, असार १४ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति खरो टिप्पणी गरेका छन् । 

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार मदन भण्डारी फाउन्डेशनले गरेको ७०औं मदन भण्डारी जन्मजयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो स्वार्थअनुसार प्रचण्डले व्यवहार र अभिव्यक्ति फेर्ने गरेको आरोप लगाए । 

    केही दिन अघि आयोजित एक कार्यक्रममा प्रचण्डले अहिलेका राष्ट्रपतिको भन्दा त तत्कालीन राजाहरुको शान, मान र इज्जत रहेको बताएका थिए । उक्त अभिव्यक्तिलाई लिएर प्रचण्डलाई छेपारोको संज्ञा दिँदै प्रधानमन्त्री ओलीले भने, ‘प्रचण्डजीले राजा राम्रो भन्दा किन अचम्म मान्नु, छेपारोले त रंग फेरि हाल्छ नि ।’ 

    बैंक तथा वित्तिय संस्था लुट्नेदेखि युवाहरुलाई सपना देखाएर गरेको युद्ध केका लागि थियो ? भनी प्रश्न गर्दै प्रधानमन्त्री ओलीले अहिले प्रचण्डले राजा राम्रो भन्नुलाई अचम्म मान्नुनपर्ने बताएा हुन् । 

    मुलुकको विद्यमान समस्या समाधान गर्न जनतामाझ जान नमान्ने र प्रधानमन्त्री आफूहरुलाई बनाइ पाउँ भन्दै न्यायालयमा जानु पनि अनुचित रहेको प्रधानमन्त्रीको भनाइ छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार