Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सांसदलाई दलीय अनुशासन बाहिर जाने स्वतन्त्रता छैन- महान्यायाधिवक्ता बडाल


    सोमबार, असार १४ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरुमा विपक्षीको तर्फबाट बहस सुरु भएको छ । 

    संवैधानिक इजलासमा आइतबार रिट निवेदक पक्षको बहस सकिएकाले सोमबारदेखि विपक्षीको तर्फबाटसरकारी वकिल र कानुन व्यवसायीहरुले बहस सुरु गरेका छन् ।

    संसद विघटनविरुद्ध दायर रिटमा सोमबार विपक्षीको तर्फबाट बहस सुरु गर्दै महान्याधिवक्ता रमेश बडालले प्रतिनिधिसभाका सदस्यलाई दलीय अनुशासनभन्दा बाहिर जाने स्वतन्त्रता नभएको दावी गरेका छन् । 

    बडालले भने, ‘सांसद बाँधा मजदुर त होइनन् तर, दलीय अनुशासनभन्दा बाहिर जाने स्वतन्त्रता उनीहरुलाई छैन ।’

    रिट निवदेक तर्फबाट बहस गर्दै आइतबार वरिष्ठ अधिवक्ता खरेलले धारा ७६ (५) अनुसार सांसदहरु दलको बँधुवा मजदुर हुन नक्ने बताएका थिए ।

    अन्तरिम संविधान अनुसारमात्र संसदले प्रधानमन्त्री चुन्ने ब्यवस्था भएको दावी गर्दै बडालले भने, ‘अहिलेको संविधान अनुसार प्रधानमन्त्री नियुक्त गर्ने अधिकार राष्ट्रपतिलाई नै छ ।’

    बडालले धारा ७६ (५) मा दलीय निर्देशन (ह्वीप) लाग्ने जिकिर गरेका छन् । ‘ह्वीप लाग्ने सवाल अरु धारामा लागु हुने तर उपधारा ५ मामात्रै नलाग्ने हुँदैन’ उनले भने, ‘उपधारा २ अनुसारका संसद सदस्य भनेको छ, जनताले पत्याएका मान्छेले मात्र सरकार चलाउने भन्नेकुरा संविधानले स्वीकार गरेको छ ।’

    जनतामा उम्मेदवार बनाएर पठाउँदा दलले टिकट दिएर पठाउने हुनाले निर्वाचित भएर आएपछि दलप्रति उत्तरदायी छैन भन्न नमिल्ने उनको तर्क छ ।

    ‘दलभित्रको निर्वाचनमा पराजित हुने अनि दलभित्रको शासनचाहिँ मैले गर्न पाउनुपर्छ भन्न मिल्छ ?’ बडालले भने, ‘त्यो त प्रजातन्त्र होइन नि, दलबाट चुनाव जितेर आएपछि म निर्दलीय भएँ भन्ने छुट कसैलाई छैन ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार