काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले कांग्रेसको स्थापना लोकतन्त्र रक्षाका लागि भएको बताएका छन् ।
लोकतन्त्रका लागि हाम्रो अभियानले आज यहाँ आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय ‘नेपाली कांग्रेसको १४ औँ महाधिवेशन र अबको बाटो’ विषयक अन्तरक्रियामा उहाँले लोकतन्त्र रक्षाका लागि कांग्रेसको भूमिका महत्वपूर्ण रहेको बताएका हुन् ।
“शीर्ष नेताहरुको गल्तीका कारण लोकतन्त्र कमजोर हुँदै गएको छ, यसको रक्षाका लागि कांग्रेसले अग्रसरता लिनुपर्छ”, उनले भने । संविधान र लोकतन्त्रको रक्षाका लागि मधेसी जनाधिकार फोरम लोकतान्त्रिकलाई कांग्रेस पार्टीसँग एकता गरेको उनको भनाइ थियो । पार्टीको १४ औँ महाधिवेशनमा कांग्रेसभित्र स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने उनले बताए । महाधिवेशनको मिति सारेर टार्ने अवस्था नरहेको उपसभापति गच्छदारको भनाइ थियो ।
काँग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँडले लोकतन्त्र बलियो बनाउनका लागि काग्रेस बलियो हुनुपर्ने बताए । “कांग्रेसभित्रको व्यवस्थापन कमजोर छ, यसलाई सुढृढ र गतिशील बनाउनका लागि कांग्रेसका सबै नेता तथा कार्यकर्ताको उत्तिकै दायित्व छ”, उनले भने । पूर्वमन्त्री खाँडले नयाँ पुस्तालाई कांग्रेससँग जोड्ने अवस्था निर्माणमा नेतृत्व लाग्नुपर्ने बताए । कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने र लोकतन्त्र कमजोर भए जनताको अधिकार कमजोर हुने उनको भनाइ थियो ।
कांग्रेस केन्द्रीय सदस्य डा चन्द्र भण्डारीले नीति, कार्यक्रम र सक्षम नेतृत्वविना पार्टी अगाडि बढ्न नसक्ने बताए । समयमा महाधिवेशन गर्न नसक्दा कांग्रेस कमजोर बन्दै गएको उनको भनाइ थियो । उनले पार्टीभित्रको गुट उपगुटको अन्त्यका लागि सबल नेतृत्व पार्टीलाई आवश्यक रहेको उल्लेख गरे ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं कांग्रेस नेता डा गोविन्दराज पोखरेलले कांग्रेसभित्रको आगामी नीति र नेतृत्व कस्तो हुन्छ भन्ने बारेमा बहस हुनु जरुरी रहेको बताए । लुम्बिनी प्रदेशसभा सदस्य निर्मला क्षेत्रीले कांग्रेसले आगामी महाधिवेशनलाई सहमति, सहकार्य र एकताको महाधिवेशन बनाउनुपर्ने बताए । कार्यक्रममा लुम्बिनी प्रदेशका १२ वटै जिल्ला सभापति र प्रदेशसभा सदस्यहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमका संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले लोकतन्त्रको रक्षा गर्दै पार्टीलाई बलियो बनाउनका लागि आफूले उक्त अभियान सञ्चालन गरेको बताए । यसअघि उक्त अभियान प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सम्पन्न भइसकेको छ । आगामी दिनमा कर्णाली र सूदुुरपश्चिम प्रदेशमा सञ्चालन गरिने डा सङ्ग्रौलाले बताए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend