Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘विपक्षी गठबन्धनले विदेशीलाई कम्फर्टेबल सरकार बनाएर अस्थिरता मच्चाउन खाेजे’


    आइतबार, असार १३ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले निर्वाचनमार्फत नै वर्तमान संटकको समाधान हुने बताएका छन्। 

    आइतबार विहान सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै अध्यक्ष थापाले वर्तमान अस्थिरता र संकट समाधानको सहज, प्रजातान्त्रिक र सवैधानिक बाटो चुनाव नै भएको जिकिर गर्दै निर्वाचनमार्फत नै वर्तमान संटकको समाधान हुने बताएका हुन्। 

    यस्तै, उनले प्रतिगमनको त्रास देखाएर चुनावको विरोध गर्नेहरुले विदेशीलाई कम्फर्टेबल सरकार बनाइ भ्रष्टाचार, सर्वसत्तावाद र अस्थिरताको नयाँ श्रृंखला चलाउन खोजेको बताएका छन्।

    चुनावको विरोध गर्ने विपक्षी गठबन्धनप्रति लक्षित गर्दै उनीहरु विदेशीलाई कम्फर्टेबल सरकार बनाइ भ्रष्टाचार, सर्वसत्तावाद र अस्थिरताको नयाँ श्रृखला चलाउन खोजेको उनको आरोप छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार