Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • देउवा र प्रचण्डको एउटै स्वरः राष्ट्रपति भण्डारी राष्ट्रको अभिभावक कि ओलीको कार्यकर्ता ? 


    शनिबार, असार १२ २०७८
    2.5K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका हरेक असंवैधानिक हर्कतमा साथ दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारी सर्वत्र आलोचित हुँदैआएकी छन् । विपक्षी गठबन्धनका सबैजसो नेताहरुले राष्ट्रपति विद्या भण्डारीको भूमिका अभिभावकीय हुनुपर्नेमा त्यस्तो नभएको ठहर गरेका छन् । राष्ट्रपति भण्डारीले संबैधानिक दायित्व पूरा नगरी केपी ओलीलाई सत्तामा टिकाउने षडयन्त्रमा सामेल भएको भन्दै उनको सडकदेखि अदालतसम्म चर्को आलोचना हुँदैआएको परिप्रेक्ष्यमा शनिबार विपक्षी गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  राष्ट्रपति भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ता जस्तो बनेको आरोप लगाएका छन् ।

    नयाँबानेश्वरमा विपक्षी गठबन्धनले गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले आफूलाई १ सय ४९ सांसदले प्रधानमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गरे पनि राष्ट्रपतिले रातारात संसद विघटन गरेको भन्दै आपत्ति जनाएका छन् ।

    देउवाले भने–‘राष्ट्रपति ओलीको कार्यकर्ता भइन् । १४९ सांसद आउँदा पनि रातको दुई बजे विघटन गरिन् । केपीसँग भन्दा राष्ट्रपतिको भूमिकाप्र्रति मलाई दुःख लागेको छ । देउवाले सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनस्र्थापना हुने र आफूलाई प्रधानमन्त्री बनाउन आदेश हुने विश्वास व्यक्त गरे ।

     ‘अदालतले प्रधानमन्त्री बनाओस् भनेको होइन, तर संविधानको व्याख्या त अदालतले गरिदिनुपर्यो नि । राष्ट्रपतिले आह्वान गरिसकेपछि हामीले बहुमतसहित दावी गर्यौंै । राष्ट्रपतिलाइ समस्या परेको भए सनाखत गरेको भए हुन्थ्यो । को कता छ भनेर सोधेको भए हुने । तर मध्यरातमा जे भयो गलत भयो । हाम्रो त सही छाप नै बुझाको छ नि, पार्लियामेन्टमा परेड गराएको भए नि हुन्थ्यो ।’ देउवाले भने ।

    त्यसैगरी शनिबारको कार्यक्रममा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिले गरेको क्रियाकलापलाई अदालतले सच्याउन सक्ने बताएका छन् । उनले राजा ज्ञानेन्द्रले बनाएको शाही आयोग खारेज गरेर लोकतन्त्रको पक्षमा उभिएको अदालतलाई राष्ट्रपतिको बारेमा अदालतमा बहस गर्न पाइँदैन भन्न नपाइने बताए ।

    प्रचण्डले भने– ‘राजाले बनाएको आयोग भङ्ग गरेर लोकतन्त्रलाई साथ दिने अदालतलाई अहिले राष्ट्रपतिको बारेमा त बोल्न पाइँदैन रे, हु हिज केपी ओली ?’ अध्यक्ष प्रचण्डले आफूले राष्ट्रपति फालेर राजा ल्याउने नभनेको स्पष्ट पार्दै विद्यादेवी भण्डारी राजाभन्दा बढी हुन खोजेको आरोप लगाए ।

    प्रचण्डले अहिले संविधानमाथि निरंकुश प्रहार गरिएको बताएका छन् । उनले भने, देशलाई अप्ठ्यारोमा धकेल्ने प्रयास भइरहेको छ । उनले शासन सञ्चालन गर्नेहरुबाट संविधान मिच्ने काम भएको बताए । राष्ट्रिय स्वाधीनतामाथि पनि खेलबाड भएको उनले उल्लेख गरे । ठूलो संघर्ष र बलिदानबाट बनेको संविधानको रक्षा गर्न आफूहरुको गठबन्धन अघि बढेको उनले बताए । गठबन्धन मुद्दामा आधारित भएको भन्दै उनले आफूहरुको कुनै स्वार्थ नभएको स्पष्ट पारेका छन् । आफूहरुको लडाइँ प्रधानमन्त्रीको निम्ति नभएको पनि उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार