Nepal Face
  • आइतबार, १० साउन २०८३
  • देउवाविरुद्ध गठबन्धन बनाउन विमलेन्द्र, शशांक र प्रकाशमान छलफलमा


    शुक्रबार, असार ११ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काँग्रेसमा महाधिवेशन नजिकिएसँगै नेतृत्वका लागि दौडधुप सुरु भएको छ । 

    आगामी १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाविरुद्ध गठबन्धन बनाउने तयारीमा रहेका कांग्रेस नेताहरु महाराजगञ्जस्थित महामन्त्री शशांक कोइरालाको निवासमा छलफलमा जुटेका छन् ।

    महाराजगञ्जमा कोइरालासहित उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच छलफल भइरहेको हो । यसअघि पनि यी तिनै जना नेताले छलफल गरेका थिए । 

    काँग्रेसकाे १४औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने गरी कार्यतालिका अनुमोदन भएकाे छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार