Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अबकाे प्रधानमन्त्री ओली कि देउवा ? आज रिट निवेदकका तर्फबाट अन्तिम बहस हुँदै


    शुक्रबार, असार ११ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध र संविधानको धारा ७६(५)अनुसार सरकार गठनका सन्दर्भमा परेका रिटमाथि संवैधानिक इजलासमा बहस भइरहेको छ । 

    गत बुधबारबाट सुरु भएको बहस आज शुक्रबार रिट निवेदकका तर्फबाट अन्तिम सुरुवाती बहस सकिने छ । शुक्रबार रिट निवेदकका तर्फबाट २९ जना कानुन व्यवसायीहरुले बहस गर्दै छन् । 

    रिट निवेदकका तर्फबाट शुक्रबार बहस सकिएपछि आइतबारबाट भने सरकारी पक्षको बहस सुरु हुनेछ ।

    सरकारी पक्षलाई बहसका लागि १५ घण्टा समय दिइएको छ । रिट निवेदक पक्षले जवाफी बहसका लागि छुट्टै ३ घण्टाको समय पाउनेछन् ।

    संविधानको धारा ७६(५)अनुसार सरकार गठनका लागि प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले दाबी गरेको राष्ट्रपतिले अस्वीकार गरिएको थियो ।

    तत् पश्चात मन्त्रिपरिषद्को सिफारिसमा गत जेठ ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेर कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचनको मिति तोकिएको छ ।  प्रधानमन्त्री र राष्ट्रपतिको सो कदमलाई असंवैधानिक  भन्दै  सर्वोच्च अदालतमा ३० वटा रिट परेका छन् ।

    सोही रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलासमा यही असार ९ गतेदेखि बहस भइरहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार