Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आफूलाई अग्लो देखाऊन पूर्व राजालाई गुहार्न बाँकी थियो, त्याे पनि पूरा भयाे: पाेखरेल


    शुक्रबार, असार ११ २०७८
    930
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पूर्व राजालाई गुहार्ने काम पूरा भएकाे बताएका छन् ।

    राजनीतिक प्रतिस्पर्धामा आफूलाई अग्लो देखाउन पूर्वराजालाई गुहार्न बाँकी रहेको र त्याे काम बिहीबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूरा गरेको नेता पोखरेलले टिप्पणी गरेका हुन् ।

    यद्यपि पाेखरलले आफ्नाे टिप्पणीमा प्रचण्डकाे नाम ताेकेका छैनन् ।

    बिहीबार सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले ‘अहिलेको राष्ट्रपति संस्थाभन्दा त उतिबेलाका राजा नै ठीक’ भनेका थिए ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले इज्जत, मान र प्रतिष्ठा गुमाएको उल्लेख गर्दै उनले अहिलेको राष्ट्रपति संस्थाभन्दा राजा नै ठीक रहेको बताउँदै भनेका थिए,कमसेकम राजाको सान त थियो ।’

    प्रचण्डकाे याे अभिव्यक्तिप्रति लक्षित हुँदै पाेखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राजनीतिक प्रतिस्पर्धामा आफूलाई अग्लो देखाउन पूर्व राजालाई गुहार्न बाँकी थियो, हिजोवाट त्यो पनि पूरा भएछ। राजनीतिलाई अराजनीतिक बनाउने खेल अब के बाँकी रहयो र?’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार