Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादी त्यागेर एमाले रोजेका १४ जना जनप्रतिनिधिहरुको पद चैट !


    शुक्रबार, असार ११ २०७८
    935
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ।  निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रले कारबाही गरेका पालिकाका १४ जनप्रतिनिधिको पद रिक्त गरेको छ ।

    २०७४ सालको पालिकाको चुनावमा माओवादी केन्द्रको तर्फबाट उमेद्वार भएर विजयी भएका तर दल त्याग गरेका उनीहरुलाई माओवादी केन्द्रले पदमुक्त गर्न माग गर्दै निर्वाचन आयोगलाई जानकारी गराएको थियो ।

    बिहीबार आयोगले एक विज्ञप्ति निकालेर माओवादी केन्द्र छाडेर एमालेमा गएका दुई मेयर र पाँच उपमेयरसहित १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी गराएको हो ।

    पद रिक्त भएकाहरुमा रौतहटका ७ जनप्रतिनिधि छन् भने कैलालीका ४ जना तथा सिरहा, ओखलढुंगा र महोत्तरीका एक–एक जना छन् ।

    यी हुन् पद गुमाएका जनप्रतिनिधिहरु:

    mawobadi_UqnBs3EVWb.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार