Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मन्त्रीहरुको जिम्मेवारी हेरफेर, एकै मन्त्रीको भागमा ५ मन्त्रालय!


    बिहिबार, असार १० २०७८
    1000
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेका मन्त्रालयको जिम्मेवारी अहिले कायम रहेका ४ जना मन्त्रीलाई नै दिएका छन् । ओलीले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राखेर अन्य मन्त्रालय मन्त्रीहरूलाई दिएका हुन् ।

    उपप्रधानमन्त्री विष्णु पौडेललाई अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ र गृह मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

    त्यस्तै मन्त्री कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, श्रम रोजगार र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

    मन्त्री बसन्तकुमार नेम्वाङलाई कृषि तथा पशुपन्छी विकास, खानेपानी, भौतिक पूर्वाधार, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

    मन्त्री लीलानाथ श्रेष्ठलाई कानुन, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

    प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई सर्वोच्च अदालतले बदर गरिदिएको थियो । त्यसपछि बाँकी रहेका पाँच जनालाई ओलीले थप मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

    mantriparisad.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार