काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बुधबार बसेको विपक्षी गठबन्धनकाे बैठकले ओली सरकारविरुद्ध सडक आन्दोलन गर्ने निर्णय गरेको छ ।
काँग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेमा समानान्तर गतिविधि गरिरहेका वरिष्ठ नेता माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच भएको छलफलले सरकारविरुद्ध सडक आन्दोलन गर्ने निर्णय गरेको बैठकमा सभागी एक नेताले जानकारी दिए ।
उनका अनुसार भौतिक दूरी कायम गरेर भए पनि सडकमा प्रदर्शन गर्ने निर्णय भएको छ । बैठकले प्रदर्शनका लागि पहिलो चरणमा दल सम्बद्ध भातृ संगठनहरुलाई सडकमा उतार्ने निर्णय गरेको छ ।
दलहरुको यो निर्णयसँगै पाँच विद्यार्थी संगठनहरुले विहीबार प्रदर्शन गर्ने विज्ञप्ति गरेर जानकारी दिएका छन् । गठबन्धनको बैठकमा वर्तमान राजनीतिक अवस्थाबारे समीक्षा भएको र सरकार विरुद्ध सडकमै आन्दोलन गर्नुपर्ने निष्कर्ष निकालेको एक नेताले जानकारी दिए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend