Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपतिले ओलीलाई ‘यु आर नो मोर प्राइममिनिस्टर’ भन्नुपर्थ्यो- अधिवक्ता कार्की


    बुधबार, असार ९ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएकाे रिटमाथिको आजकाे बहस जारी छ । 

    बहसमा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधानमन्त्रीले विश्वास गुमाइसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गरिदिनु पर्थ्याे भन्ने जिकिर गरेका छन् ।

    वरिष्ठ अधिवक्ता कार्कीले भने, ‘राजनीतिक नैतिकता नहुने, विश्वासको मत नपाएपछि पनि अर्को सरकार बन्न अवरोध गर्ने, के गर्‍या हो यो ?’

    संसदको विश्वास गुमाएपछि एक मिनेट पनि प्रधानमन्त्री पदमा बस्न नहुने उनले बताए । प्रधानमन्त्रीको शक्ति लिखित रुपमा लिइने भन्दै वरिष्ठ अधिवक्ता कार्कीले भने, ‘राष्ट्रपतिले भन्नुपर्थ्यो, यू आर नो मोर प्राइममिनिस्टर ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार