Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • प्रतिनिधिसभा विघटनः सर्वोच्चमा सुनुवाइ शुरु


    बुधबार, असार ९ २०७८
    920
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएकाे रिटमाथिको आजकाे सुनुवाइ शुरु भएको छ ।

    सर्वोच्चमा काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तीका लागि आदेश दिन माग गरिएको देउवालगायत १४६ जना विघटित प्रतिनिधिसभाका सांसदले दायर गरेको रिटमाथिको सुनुवाइ शुरु भएको हाे । 

    सर्वोच्चको ५ सदस्यीय संवैधानिक इजलासमा बुधबार रिट निवेदका तर्फबाट बहस शुरु भएको छ ।

    यसअघि नै रिट निवेदकलाई बहसका लागि १५ घण्टाको समय दिइएको थियो । सोही समयलाई आपसमा बाँडेर बुधबार रिट निवेदकका तर्फबाट अधिवक्ताहरुले बहस शुरु गरेका छन् । बुधबार पाँचजना अधिवक्ताहरुले बहस गर्दैछन् ।

    सर्वोच्चले प्रतिनिधिसभा विघटनविरुद्ध परेका ३० वटा रिटमाथि निरन्तर सुनुवाई गर्दैछ । शुरुमा देउवाको रिटमाथि सुनुवाई शुरु भएको हो । रिट निवेदकका पक्षबाट २५० भन्दा बढी कानुन व्यवसायीहरुले बहसका लागि नाम लेखाएको भए पनि सबैले बहस गर्न पाउने सम्भावना भने न्युन छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार