काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकार सुर्य थापाले प्रधानमन्त्री ओलीले पछिल्लो पटक गरेको मन्त्रिपरिषद पुनर्गठनलाई मान्यता नदिने सर्वोच्चको फैसला सेटिङमा आएको आशंका गरेका छन् ।
थापाले बुधबार विहान सामाजिक संञ्जाल फेसबुकमा स्टाटस लेख्दै मंगलबारको सर्वोच्चको फैसलालाई आफ्नै नजिरि विपरितको फैसला भनेका छन् ।
थापाले २०७४ असोज र २०७८ असारका बीच सर्वोच्च अदालतले गरेको फैसलामा देखिएको यो के हो ? भन्दै प्रश्न गरेका छन् । उनले आफ्नै नजिर र व्याख्या विपरित रहेको हिजाको फैसला विरोधाभाषपूर्ण र आश्चर्यजनक रहेको टिप्पणी गरेका छन् । ‘संविधान र कानुनको व्याख्यामा यस्तो परस्परविरोधी अभ्यासले कहाँ पुर्याउने होला?’, उनले लेखेका छन् ।
थापाले प्रचण्डले एक दिन अघि गरेको भाषण र सर्वोच्चको एक दिनपछिका फैसला हुबहु मिलेको आरोप लगाएका छन्। ‘यो सोटिङ हो कि के हो? माधव, रावलका वक्तव्य र भाषण श्रीमान राउतको फैसलामा हुबहु? यो चाहिँ के भएछ, संयोगमात्रै कि केही अरु?,’ उनले लेखेका छन्।
‘देउवालाई २०७४ मा मन्त्रिपरिषद विस्तारको अधिकार थियो, अहिले ओली चाँही छैन?,’ थापाले लेखेका छन्, ‘सर्वोच्च अदालत आफ्नो प्रतिष्ठामा कायम रहोस्, बस! मन्त्री बनाउने, बजेट वक्तव्यको सशोधनन/सम्पादन वा कुनै बुँदा खारेज गर्ने, कार्यविधि र नियमावली बनाउने अखधिकार अब सर्वोच्चकै हो र?,’ उनले लेखेका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend