Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसद, सरकार र पार्टी तहसनहस गरेर गलत बाटो अंगाल्दाको परिणाम देशले भोग्दैछ – माधव नेपाल


    बुधबार, असार ९ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा(एमाले)का बरिष्ठ नेता माधव कुमार नेपालले संसद्, सरकार र पार्टी (नेकपा) साथै नेकपा (एमाले) लाई तहसनहस गरेर गलत बाटो अंगाल्दाको परिणाम अहिले सिंगो देशले भोगिरहेको बताएका छन् । 

    मंगलबार साझँ सामाजिक सञ्जालमार्फत नेता नेपालले मुलुकलाई भड्खालोमा पुग्नबाट समयमै जोगाउनुपर्ने बताउदै गलत बाटो अंगाल्दाको परिणामले अहिले सिंगो देश यस्ताे परिस्थितीमा पुगेकाे टिप्पणी गरेका हुन् ।

    उनले भने – ‘संसदमा झण्डै दुई तिहाई बहुमतका साथमा बलियो सरकार बनेको थियो, जनचाहना अनुसार इतिहासमै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी “नेकपा” बनेको थियो । तर, संसद्, सरकार र पार्टी (नेकपा) साथै नेकपा(एमाले) लाई तहसनहस गरेर गलत बाटो अंगाल्दाको परिणाम सिंगो देश सहित पार्टी र जनताले भोग्दैछन् ।’

    सरकार र पार्टीको पदको दुरुपयोग गरेर पटक पटक गलत निर्णय गर्दै जाने स्थितिले पार्टी, देश र कसैलाई गन्तब्यमा नपुर्याउँने उनले बताएका छन् । 

    मुलुकलाई भड्खालोमा पुग्नबाट समयमै जोगाउनुपर्ने भन्दै नेता नेपालले भने – ‘हामीले गलत कार्यको खबरदारी गर्दै आएका थियौं र छौं । एकताबद्ध पार्टी र आन्दोलन बनाउन लागौं साथै नेपाल राष्ट्रको गरिमा ऊँचो राख्न तथा  संविधान, गणतन्त्र र नेपाली जनताको हितको रक्षा गर्न  सम्पूर्ण  वामपन्थी, लोकतान्त्रिक र परिवर्तनकारी सकारात्मक शक्तिहरू एक हौं । मुलुकलाई भड्खालोमा पुग्नबाट समयमै जोगाऔं ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार