काठमाडौं । चुनावको मिति घोषणा गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिटमाथिको सोमबारको बहस सकिएको छ ।
कामचलाउ सरकारका प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्नु असंवैधानिक हुने भन्दै खारेजको माग राखेर वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितले दायर गरेको रिटमा सोमबार पक्ष र विपक्ष दुवैको कानुन व्यवसायीहरुले बहस गरेका थिए ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश डा. प्रकाश ढुंगानाको संयुक्त इजलासमा सोमबार सुनुवाइ भएको हो । सो क्रममा प्रधानन्यायाधीश जबराले रिट निवदेक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई रिटको माग बमोजिम मन्त्रिपरिषद् विस्तार खारेज भए मन्त्रिपरिषदमा कतिजना मन्त्री रहन्छन् ? भनेर प्रश्न गरेका थिए ।
जवाफमा त्रिपाठीले मन्त्रिपरिषद् विस्तार खारेज भए पुरानै अर्थात् प्रधानमन्त्रीबाहेक चार जना मन्त्रीहरु बाँकी रहने बताए ।
वर्तमान राष्ट्रपति विद्या भण्डारीले शेरबहादुर देउवाकोको चुनावी सरकारले २०७४ मा माओवादी मन्त्रीहरु हटाएर मन्त्रिपरिषद् विस्तार गर्न खोज्दा रोकेको नजिर अधिवक्ता त्रिपाठीले इजलासमा पेस गरे ।
सरकारी पक्षबाट बहस गरेका महान्यायाधिवक्ता रमेश बडाल र नायव महान्यायाधिवक्ता पदमराज पाण्डेले मन्त्रिरिषद् विस्तार गर्ने अधिकार प्रधानमन्त्रीमा निहीत रहेकाले रोक लगाउन नमिल्ने जिकीर गरे ।
उनीहरुको जवाफपछि प्रधानन्यायाधीश जबराले काम चलाउ सरकारका प्रधानमन्त्री कि संविधानको धारा ७६(१)देखि (५)सम्म बनेका प्रधानमन्त्री? वा दुवै प्रधानमन्त्री एउटै हुन्छ ? भन्दै प्रश्न गरे ।
प्रधानन्यायाधीश जबराको प्रश्नको जवाफ दिँदै महान्यायाधिवक्ता बडालले चुनावी सरकारका प्रधानमन्त्री भए पनि ऊ कार्यकारी हुने दलिल पेस गरे ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend