Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • राप्रपाबाट आएका सुनील थापा समूहलाई काँग्रेसले दियो ५५ जना महासमिति सदस्य (नामावलीसहित)


    मंगलबार, असार ८ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाली कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कांग्रेस प्रवेश गरेका सुनील थापा समूहलाई ५५ जना महासमिति सदस्य दिएको छ ।

    पार्टी केन्द्रीय समिति निर्णय अनुसार अन्तर पार्टी समायोजन समितिले थापाको समूहलाई ५५ जना महासमिति सदस्य दिएको हो । 

    जसमा सहमहामन्त्री थापासहित १० जना काँग्रेस केन्द्रीय कमिटीमा समेत छन् । काँग्रेसमा केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ ।

    समायोजनका नाममा थापा समूहका ४५ जनाले भने १४ औं महाधिवेशनको प्रतिनिधि हुने भएकाले वडाबाट चुनाव जितेर आउनुपर्ने स्राेतले जानकारी दिएकाे छ । 

    काँग्रेसमा महासमिति सदस्य स्वत: महाधिवेशन प्रतिनिधि हुने भए पनि निर्वाचित भएर आउनुपर्ने प्रावधान छ ।

    198686515_537400093936394_2891158785064131938_n_sLAjHaEqrQ.jpg203642799_1762202583962051_7770094608523734196_n_6F3WwAeIWx.jpg200776965_260296209188437_5192104075781044934_n_u3rF5yIaHy.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार