Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संविधानलाई सही बाटामा हिँडाइने प्रचण्डकाे दावी


    मंगलबार, असार ८ २०७८
    1000
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई दुर्घटनामा जान नदिइने बताएका छन् ।

    माओवादी केन्द्रकी नेत्री पूर्णकुमारी सुवेदीका पिता हरिप्रसाद पौडेलको श्रद्धाञ्जलि सभालाई आज सम्बोधन गर्दै उनले नेपाली जनताको बलिदानीपूर्ण संघर्ष, मधेश आन्दोलन र जनआन्दोलनबाट प्राप्त उपलब्धि बचाउँदै संविधानलाई सही बाटामा हिँडाइने बताए ।

    सो अवसरमा अध्यक्ष दाहालले पौडेलले कम्युनिष्ट आन्दोलनलाई ठूलो योगदान दिएको बताउँदै उहाँप्रति श्रद्धाञ्जली व्यक्त गनृुभयो । पौडेलको ९० वर्षका उमेरमा यही असार २ गते निधन भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार