Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्रिपरिषद् पुनर्गठनविरुद्धको रिटमाथि सुनुवाइ, २० मन्त्रीको भविष्य आज तय हुने


    मंगलबार, असार ८ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बिघटन गरी चुनाव घोषणापछि दुई पटक मन्त्रिपरिषद बिस्तार गरिसकेका छन् । निर्वाचन घोाषणापछि कामचलाउ भइसकेका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको इजलासले सुुनुवाइ गर्दैछ ।  

    सर्वोच्चले मंगलबार दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । आजको सुनुवाइमा सर्वोच्चले अन्तरिम आदेश जारी हुने नहुने एकीन हुनेछ । यदि अन्तरिम आदेश जारी भएमा ओलीको मन्त्रिपरिषदमा दुई चरणमा थपिएका मन्त्रीहरुको नियुक्ति रद्ध हुनेछ ।

    वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले राष्ट्रपति, प्रधानमन्त्रीलगायतलाई विपक्षी बनाउँदै मन्त्रिपरिषद पुनर्गठनविरुद्ध रिट दायर गरेका थिए । कामचलाउ प्रधानमन्त्रीले मन्त्रिपरिषद पुनर्गठन गर्न नसक्ने जिकिर गरिएको छ । 
    गत जेठ २५ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले विपक्षीलाई मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्नाको कारण १५ दिनभित्र बुझाउन आदेश दिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार