Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ‘एकताको खिचडी पकाउन लागेकाहरुले असारे झरीमा झुर्का भेटाएनन् कि के हाे ? चुल्हो धुवाँएको देखिदैन त’


    सोमबार, असार ७ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले पार्टी एकताको खिचडी पकाउन लागेकाहरु थाके की? असारे झरीमा झुर्का भेटिएनन् चुल्हो धुवाँएको पनि देखिएन त भन्दै व्यङ्ग्यात्मक प्रश्न गरेका छन् ।

    सोमबार सामाजिक सञ्जालमार्फत बाँस्कोटाले पार्टि एकताको खिचडी पकाउन दत्तचित्त भएर  लागेकाहरू थाकेका हुन् भन्दै प्रश्न गरेका छन् ।

    बाँस्कोटाले पार्टी एकताका लागि अदालतमा बुझाएको सही फिर्ता लिने, जेठ ३ अघिको बैठक बस्ने कुरा कहाँ पुग्यो भनी प्रश्न गर्दै एकताको लागि नमान्ने भए छाड्नुपर्ने समेत बताएका छन् ।

    उनले लेखेका छन् – ‘एकताको खिचडी पकाउन दत्तचित्त भएर लागेका कमरेडहरु नै थाके कि के हो ? खिचडी पाक्ने त हो-होईन चुल्हो धुवाँएको पनि देखिएन कि असारे झरीमा झुर्का भेटिएन । अदालतमा बुझाएको सही फिर्ता लिने, जेठ३अघिको बैठक बस्ने।त्यो नमान्ने भए भो छोडदिम, झुर्का खोज्ने र टाउको दुखुन्जेल ढुङ्ग्रो फुक्ने काम।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार