काठमाडौं । विश्वासको मत लिएपछि मन्त्रिमण्डल विस्तार गर्ने बताएका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले सहयोगी दलको चित्त बुझाउन नसक्दा सरकार विस्तार गर्न सकेका छैनन् ।
पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछि कांग्रेस संसदीय दलको नेताका रुपमा पोखरेल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले गत शुक्रबार विश्वासको मत लिएका छन् ।
कसलाई कुन कुन मन्त्रालय दिने भन्ने विषयमा सहमति नहुँदा मुख्यमन्त्री पाेखरेलले सरकार विस्तार गर्न सकेका छैनन् ।
मुख्यमन्त्रीमा नियुक्त भएकै दिन मुख्यमन्त्री पोखरेलले कांग्रेसका कुमार खड्का, माओवादी केन्द्रकी मधुमाया अधिकारी गुरुङ, जसपाका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ दीपक मनाङे नियुक्त नियुक्त गरेका थिए । तर सहयोगी दललाई कुन र कति मन्त्रालय दिने भन्ने विषयमा सहमति नजुट्दा नियुक्त भएका चार मन्त्रीलेसमेत जिम्मेवारी पाएका छैनन् भने अन्य मन्त्री पनि नियुक्त भएका छैनन् ।
गण्डकीमा एमाले नेतृत्वको सरकार ढलेपछि चार राजनीतिक दल मिलेर गठबन्धन सरकार गठन भएको हो ।
दलहरुबीचको सहमति अनुसार सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको भागमा मुख्यमन्त्रीसहित चार मन्त्रालय भागमा परेको छ । माओवादी केन्द्रको भागमा पनि चार मन्त्रालय परेको छ भने जसपाको भागमा दुई मन्त्रालय परेको छ । स्वतन्त्र सांसद दिपक मनाङे मन्त्री नियुक्त भइसकेका छन्।
अझै नेपाली कांग्रेस र माओवादी केन्द्रबाट तीन–तीन जना र जसपाबाट एकजना मन्त्री नियुक्त हुन बाँकी रहेका छन् । जसपाका दुई जना मात्रै सांसद रहेकाले कुनै समस्या छैन् तर माओवादी र कांग्रेसलाई पार्टीभित्रै भागबण्डा मिलाउन सकस परेको छ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend