Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दोहोरो चेपुवामा परेका देउवाको लिगलिगे दौडले प्रधानमन्त्री कि सभापति कुन बाटाे राेज्ला ?


    आइतबार, असार ६ २०७८
    910
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई एकैपटक दुुईवटा महत्वपूर्ण जिम्मेवारी आइपरेको छ ।

    भदौमा महाअधिवेशन गरेर कांग्रेसलाई अवैधानिक हुनबाट जोगाउनुपर्ने महत्वपूर्ण कार्यभार बोकेका देउवा मुलुकको बागडोर आफ्नो हातमा ल्याउने अर्काे अवसर पनि सदुपयोग गर्न चाहन्छन् । 

    आगामी भदौभित्र पार्टीको १४औँ महाधिवेशन सम्पन्न गरेर कांग्रेसलाई ताजगी दिने प्रमुख जिम्मेवारी बोकेका देउवा पनि पार्टी नेतृत्वमा रहने इच्छाले दौडधुप थालेका छन् । 

    कांग्रेसको आउँदो भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा  १४ औं महाधिवेशन हुने भएको छ । देउवा फेरि सभापतिमा दोहोरिन चाहेका छन् र सोहीअनुसार आन्तरिक रणनीति बनाइरहेका छन् ।

    सभापतिमा पुनः उम्मेदवारी दिने भएपछि देउवाले आफूनिकट नेताहरुलाई जानकारी गराइसकेका छन् । उनीहरुले तयारी गर्न पनि भनेका छन् । 

    आन्तरिक नेतृत्व हत्याउने प्रयत्न थालेका देउवालाई प्रधानमन्त्रीको लालसाले पनि छोडेको छैन । प्रधानमन्त्री पदका लागि उनलाई कम्युनिष्टका नेताहरुले हस्ताक्षर दिएका छन् ।

    कांग्रेस, माओवादी केन्द्र, एमालेको नेपाल समूह र जसपाको उपेन्द्र महतो समूह र राष्ट्रिय जनमोर्चाले केपी शर्मा ओली सरकारको विकल्पमा देउवालाई अघि सारेका छन् । संविधानको धारा ७६(५)अनुसार देउवालाई प्रधानमन्त्री बनाउन उनीहरुले राष्ट्रपतिसमक्ष र सर्वाेच्च अदालतमा हस्ताक्षर बुुझाएका छन् । 

    प्रधानमन्त्रीको अफरलाई स्वीकारेर राष्ट्रपति कार्यालय र अदालतसमेत हस्ताक्षर बुुझाउन गएका देउवालाई अहिले पार्टीको महाधिवेशन गराएर सभापतिमा दोहोरिन आकांक्षाले एकैपटक छोपेको छ । प्रधानमन्त्री बन्लान् नबन्लान्, तर पार्टी सभापतिमा दोहोरिने सम्भावनालाई अस्वीकार गर्न नसकिने कांग्रेसका नेताहरु नै बताउँछन् । 

    कुनै बेला गोरखामा राजा बन्न लिगलिगे दौड गराइन्थ्यो भनेजस्तै अहिले देउवालाई प्रधानमन्त्री बनाउन विपक्षी गठबन्धन न्यायालयको यात्रामा छ । सँगै फेरि सभापति बन्ने चाहनाले देउवा महाधिवेशनको नेतृत्व दौडमा पनि छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार