काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशको चौतर्फी संकटको मुल कारण राजनीति, दल र नेतृत्वको स्खलन भएको बताएका छन्।
आज बिहान सामाजिक सञ्जालमा पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले राजनीतिक नेतृत्वको स्खलनका कारण कांग्रेस, कम्युनिस्ट र समाजवादीले आफ्नो धार बिर्सेको दाबी गरेका छन् ।
अध्यक्ष भट्टराईले यी सबैको आमुल परिवर्तनका लागि पार्टीहरुलाई नयाँ बनाउने आँट गर्नुपर्ने सुझावसमेत पेश गर्दै समयले कसैलाई नपर्खने उल्लेख गरेका हुन्।
उनले लेखेका छन्, ‘भनिन्छ-टाउकाको ओखती नाइटामा लगाएर हुन्न ! अहिले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति/दल/नेतृत्वको स्खलन नै हो। कांग्रेस ‘कांग्रेस’नरहनु; कम्युनिष्ट ‘कम्युनिष्ट’नरहनु; समाजवादी ‘समाजवादी’नरहनु! कि यिनलाई आमूल रूपान्तरण गर्ने वा नयाॅ बनाउने आट गरौं ! नत्र समयले कसैलाई पर्खन्न है !’
भनिन्छ-टाउकाको ओखती नाइटामा लगाएर हुन्न! अहिले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति/दल/नेतृत्वको स्खलन नै हो।कांग्रेस ‘कांग्रेस’नरहनु; कम्युनिष्ट ‘कम्युनिष्ट’नरहनु; समाजवादी ‘समाजवादी’नरहनु! कि यिनलाई आमूल रूपान्तरण गर्ने वा नयाॅ बनाउने आॅट गरौं! नत्र समयले कसैलाई पर्खन्न है!
— Baburam Bhattarai (@brb1954) June 20, 2021
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend