Nepal Face
  • आइतबार, १० साउन २०८३
  • फेरि सभापतिमा लड्ने देउवाको उद्घोष


    शनिबार, असार ५ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरहादुर देउवाले आफू नै सभापतिमा दोहोरिने संकेत दिएका छन् । आज शनिबार प्रदेश १ का केन्द्रीय सदस्यहरुलाई आफ्नो निवास बुढानीलकण्ठमा बोलाएर देउवाले छलफल गरेका छन् ।

    बुढानीलकण्ठमा भएको छलफलमा उनले पार्टीमा धेरै काम गर्न बाँकी रहेको बताउँदै सभापतिमा दोहोरिने संकेत दिएका हुन् ।नेपाली कांग्रेसले यही आगमी भदौ १६ देखि १९ गतेसम्म पार्टीको महाधिवेशन काठमाडौंमा गर्ने कार्यतालिका अनुमोदन गरेको छ । महाधिवेशनसम्बन्धी छलफलका क्रममा देउवाले भने, ‘संशोधित कार्यतालिका अनुसार महाधिवेशन हुन्छ । म सभापतिमा फेरि लड्छु ।’

    छलफलमा सहमहामन्त्री सुनिल थापा, केन्द्रीय सदस्यहरु ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, सीता गुरुङ, बाबुराम बस्नेत, डा. डीला संग्रौला, सुजाता परियारलगायत सहभागी थिए । देउवाले आफ्नो नेतृत्वमा संविधान कार्यान्वयन भएको स्मरण गराउँदै कांग्रेसले प्रतिनिधिसभामा लोकप्रिय मत सबैभन्दा बढी पाएको बताए । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार