Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘झलनाथ खनालको स्वास्थ्यमा सुधार भइरहेको छ, गलत प्रचार गर्नेमाथि कारबाही होस्’


    शुक्रबार, असार ४ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •     काठमाडौं । नेकपा(एमाले)का बरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यस्थितिका बारेमा अनेक खालका नकारात्मक र गलत भ्रम फैलिन थालेपछि उनको सचिवालयले खण्डन गरेको छ । खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार खनालको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको छ ।

    भट्टराईले शुक्रबार साँझ नेता खनालको स्वास्थ्यस्थितिका बारेमा सामाजिक संजालमा भ्रम फैलाउने र गलत कुरा लेख्नेलाई कारबाहीको माग गरेका छन् ।

     उनले लेखेका छन्–भर्खरै मात्र  दिल्ली स्थित अपोलो अस्पतालमा मेरो निर्भीक खनाल सँग कुराकानी भएको छ । स्वास्थ्य अवस्था ठीक छ । उपचारको क्रममा रहनुभएका खनालप्रति बाहिर फेसबुकमा गलत प्रचार गर्ने व्यक्तिप्रति  घोर भत्र्सना गर्दै कारबाहीको माग गरेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार