Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • प्रदेश नं १ मा  तेह्र सय सङ्क्रमणमुक्त्त


    बिहिबार, असार ३ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बिराटनगर । पछिल्लो २४ घण्टाका अवधिमा प्रदेश नं १ मा आज एक हजार २९९ जना कोरोना सङ्क्रमणमुक्त्त भएका छन् ।  सङ्क्रमणमुक्त हुनेमा ५५५ महिला र ७४४ पुरुष  छन् ।

     हालसम्म सङ्क्रमित ६७ हजार २२८ तथा निको भएर घर फर्किने  ५२हजार ३७३ पुगेका छन् । सो अवधिमा आज ३९३  नयाँ सङ्क्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा सो अवधिमा एक हजार ४२९ जनाको पिसिआर परीक्षण गरिएको तथा अहिले पनि करीब १५ हजार  सक्रिय सङ्कमित रहेको बताइएको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार