Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बाढीमा दुई चिनियाँ र एक भारतीयको मृत्यु 


    बिहिबार, असार ३ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सिन्धुपाल्चोक।  सिन्धुपाल्चोकको उत्तरपश्चिम गाउँ हेलम्बु र भोताङको शीरबाट बगेका दुई छुट्टाछुट्टै नदीबाट आएको बाढीले बगाउँदा तीन विदेशीको मृत्यु भएको छ ।

    हेलम्बुबाट बग्ने मेलम्ची खोला र भोताङबाट बग्ने इन्द्रावती खोलामा आएको बाढीले बगाउँदा दुई चिनियाँ र एक भारतीय नागरिकको मृत्यु भएको पुष्टि भएको हो । बाढीले बगाएका १३ जना अझै बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका अनुसार मृत्यु हुनेमा भारतीय नागरिक कमल लोचन महत्तो, चिनियाँ नागरिक यु चि झु र गोड टियान छियो छन् ।

    मेलम्ची खोलामा आएको बाढीमा परेर २० जना बेपत्ता भएको प्रारम्भिक तथ्याङ्क थियो । पछि चार जना सम्पर्कमा आएका थिए । हाल १३ जना बेपत्ता भएको जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एव प्रमुख जिल्ला अधिकारी अरुणप्रसाद पोखरेलले जानकारी दिनुभयो । बाढीमा फसेका ७४ जनाको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार